धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

धार्चुलामा धौलीगंगा बाँधको ढोका खोलिंदै, महाकाली  किनाराका नेपाली बासिन्दालाई सतर्क रहन आग्रह

धौलीगंगा जलविद्युत परियोजनाले लगातारको वर्षाका कारण नदीमा पानीको मात्रा बढेकाले बाँधको पानी खाली गर्न ढोका खोलिने

धार्चुलामा धौलीगंगा बाँधको ढोका खोलिंदै, महाकाली  किनाराका नेपाली बासिन्दालाई सतर्क रहन आग्रह

दार्चुला । दार्चुलासँग जोडिएको भारतको धारचुला सिथत धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएकाले जोखिम बढ्न सक्ने भन्दै महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले  प्रशासनले महाकाली नदीमा जुनसुकै बेला जलस्तर बढन सक्ने भन्दै दार्चुला  जिल्लाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई पुर्व सतर्ककता अपनाउन आग्रह गरेको छ ।

धौलीगंगा जलविद्युत परियोजनाले लगातारको वर्षाका कारण नदीमा पानीको मात्रा बढेकाले बाँधको पानी खाली गर्न ढोका खोलिने जानकारी आएकाले सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सूचना जारी गर्दै आग्रह गरेको  छ ।

धौलीगंगा जलबिद्युत परियोजनाको जलाशयमा मौसम परिवर्तन भय बर्षाका कारण नदीको जलाशयमा बृद्धि भइ बाधको पानी  खाली गर्ने प्रयोजनका लागि उक्त बाधको ढोका खोलिने जानकारी एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुलाबाट आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी  सिद्धराज जोशीद्धारा बिहीवार प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।