धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा एकै दिन २७२ मा कोरोना संक्रमण पुष्टी

सुदूरपश्चिममा एकै दिन २७२ मा कोरोना संक्रमण पुष्टी

धनगढी

   सुदूरपश्चिम प्रदेशमा २४ घण्टामा सवै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिर अस्पताल र धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय ४९ पुगेको छ ।

   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष गरी ८५, कैलालीका ९ महिला र ३९ पुरुष सहित ४८, डोटीका १० महिला र ३८ पुरुष गरी ४८, अछामका १० पुरुष, बाजुराका सात पुरुष र बैतडीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

   यसैगरी आजै बिर अस्पतालको प्रयोगशालामा अछामका एक महिला र १३ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

   आजै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।