धनगढी पोष्ट सोमबार, ०१ असार २०८३   June 15, 2026

कक्षा १२ को परीक्षा बारे छलफल गर्न परिक्षा बोर्डको बैठक बस्दै

कक्षा १२ को परीक्षा बारे छलफल गर्न परिक्षा बोर्डको बैठक बस्दै

धनगढी

कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि आज बोर्डको बैठक बस्न लागेको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि ९ दिनसम्म गर्ने सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन हुने बताउँदै आएको छ ।

शिक्षा क्षेत्रमा काम गरेका कतिपय विज्ञले भने बैकल्पिक तरिकाले पनि परिक्षा सञ्चालन गर्न सकिने बताउँदै आएका छन् ।