धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा थपिए ३५ कोरोना संक्रमित


धनगढी, 
    सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 
धनगढी स्थित कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा ७ महिला र २८ पुरुष गरी जम्मा ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । 
उनका अनुसार कैलालीको चुरेका ५, भजनी त्रिशक्ति नगरपालिकाका २, पुर्विचौकी गाउँपालिका डोटीमा १२, डोटीका १३, पञ्चेश्वर गाउँपालिका बैतडीका २ र  भिमदत्त नगरपालिका कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 

    योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार सात सय दुई पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय १८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै डोटीमा दुई सय ३४, डडेल्धुरामा दुई सय १७, कञ्चनपुरमा दुई सय ५५, बैतडीमा एक सय ६५, अछामका एक सय २५, बाजुराका एक सय ८, बझाङमा ६२ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको हो। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।