धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

लिटल फ्लावर प्रिमियर लिगको छैठौं संस्करण घोषणा

लिटल फ्लावर प्रिमियर लिगको छैठौं संस्करण घोषणा

धनगढी । जटिल परिस्थितीमा क्रिकेट सञ्चालन गर्दै खेलाडी र दर्शकको मन जित्न सफल लिटल फ्लावर प्रिमियर लिग आयोजक संस्थाले प्रतियोगिताको छैठौं संस्करण घोषणा गरेकोछ ।

विद्यालय स्तरबाटै क्रिकेटको जग बलियो बनाउनुपर्ने उद्देश्य सहित सञ्चालन भएको प्रतियोगिताले विगत ५ बर्षमा राम्रो फड्को मारेकोछ । प्रतियोगिताको छैठौं संस्करण आगामी माघ अन्तिम साता सञ्चालन गरिने आयोजनक लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्टका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

कोरोना महामारीबाट विश्व नै प्रभावित बनेको अवस्थामा खेललाई खेल सञ्चालन गर्न चुनौती भएपनि खेलाडीको सक्रियता बढाउनु आवश्यक भएका कारण प्रतियोगिता सञ्चालन गनुृपर्ने बाध्यता रहेको अध्यक्ष शाहीले बताए । उनले विद्यालय स्तरका खेलाडीको खेल क्षमता अभिवृद्धिका लागि छैठौं संस्करण गर्नु अझै आवश्यक हुने बताए ।

ग्रास रुटको क्रिकेटलाई चलायमान बनाउन अति जरुरी बनेको हुनाले पनि हामीले आउँदो संस्करणलाई निरन्तरता दिनुपर्ने बाध्यतालाई स्वीकार गरेका हौँ उनले भने–‘कोरोनाले आर्थिक क्षेत्र नराम्ररी प्रभावित बनेको छ, तर हामिले सुरु गरेको अभियानलाई सकेसम्म ओझेलमा पर्न दिनु हुन्न भनेर यसलाई निरन्तरता दिने प्रयास गरिएको हो ।

प्रतियोगिताको छैठौं संस्करणमा १० टिमलाई मात्रै सहभागि गराइने जनाइएकोछ । कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्नु पर्नेछ । प्रत्येक टिमले यू१९ मा राष्ट्रिय मान्यता पाएका १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपी सिंह धामीले बताए ।

प्रतियोगिताको प्रत्येक खेलका प्लेयर अफ द म्याचको पुरस्कार राशि धनगढीमा रहेको गुरुजी सटिङ्ग एन्ड सुटिङले प्रायोजन गरेको छ ।

त्यसका लागि लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सका अध्यक्ष शाही र गुरुजी सटिङ्ग एन्ड सुटिङका सञ्चालन सतिश जोशीले सम्झौता पत्रमा हस्ताक्षेत्र समेत गरेकाछन् । महामारीले व्यवसाय थला परेको भए पनि सामाजिक क्षेत्रमा सकेसम्म योगदान पु¥याउने उद्देश्यले प्रतियोगितामा प्लेयर अफ द म्याचको पुरस्कार राशि प्रायोजन गरिएको जोशीले बताए ।

प्रतियोगिताको एजुकेसन पार्टनरको रूपमा कैलालीको लम्कीमा रहेको कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल रहेको छ भने केक पार्टनरको रूपमा आँगन केक्स धनगढी रहेको छ ।