धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

साढे ३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका प्रहरीले पाए सफाइ

साढे ३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका प्रहरीले पाए सफाइ

धनगढी । सुन तस्करीमा संलग्न भएको आरोप लागेका प्रहरीले सफाई पाएका छन् ।

३३ किलो सुन प्रकरणमा संलग्नता रहेको भन्दै आरो लागेका ७७ प्रतिबादी मध्य ६९ जना प्रहरीले सफाई पाइका हुन् ।

उनिहरुलाई जिल्ला अदालत, मोरङले मंगलबार सफाई दिएको हो ।  सफाई पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् ।

त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्कालेसफाइ पाएका छन् ।

सुन तस्करीमा संलग्न भएको आरो लागेका अन्य ८ जनालाई भने दोषि ठहर गरेको छ । सुन प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा भने मुल्तबीमा राखिएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । दुबईबाट ९ माघ २०७४ मा नेपाल आएको साढे ३३ किलो सुन गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चुडामणि उप्रेती गोरेको समूहले यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो । उनको शव बरामद भएपछि गरिएको अनुसन्धानका क्रममा सुन तस्करीको हालसम्मकै ठूलो ¥याकेटबारे अनुसन्धान भएको थियो ।

सरकारले छानविनका लागि सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिले घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो । त्यसबेला अनुसन्धानकर्ता नै आरोपित बनाएको भन्दै सरकारी छानविन समितिको आलोचना समेत भएको थियो । प्रकरणमा जोडिएका अन्य प्रहरी अधिकारीले चाहिँ गोरेको समूहलाई सहयोग गरेको सरकारी छानविनको निष्कर्ष थियो ।