धनगढी पोष्ट
आइतबार, १४ असार २०७७ मा प्रकाशित
कञ्चनपुर
कोरोना भाएरसका बिरुद्ध अग्रपंक्तिमा खटिरहेको कञ्चनपुरका सुरक्षाकर्मीलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकले स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
लेखकले पठाएको स्वास्थ्य सामाग्री नेपाली कांग्रेस कन्चनपुरका सभापति हरि बोहराले आइतबार कन्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई हस्तान्तरण गरेका हुन ।
लेखकले पठाएको स्वास्थ्य सामाग्रीमा १० थान पिपि सेट र १० लिटर सेनिटाईजर रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ कञ्चनपुरका सभापति गोपाल भट्टले बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले कोरोना भाईरस नियन्त्रण तथा रोकथाममा फ्रन्टलाईनमा रहेको कार्य गर्दै आएको भन्दै स्वास्थ्य सामाग्री पठाएको भट्टले बताए ।
प्रमुख जिल्ला अधिकारी खतिवडाले नेता लेखकले पठाएको स्वास्थ्य सामाग्री कार्यक्रममा उपस्थित सशस्त्र प्रहरी कञ्चनपुर एसपी बिर सिंह साँहु र नेपाल प्रहरीका कञ्चनपुर एसपी मुकुन्द मरासनीलाई ब्झाएका थिए ।
लेखकले यसअघि कञ्चनपुरका स्वास्थ्यकर्मी र पत्रकारलाई समेत कोभिड १९ बेला स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।