धनगढी पोष्ट
सोमबार, १५ असार २०७७ मा प्रकाशित
बाजुरा
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ रजातोलीमा आईतबार राती परेको अबिरल बर्षाले सडक भत्किदा धान रोपेको खेत पुरिएको छ । मार्तडी कोल्डी सडकको नयाँ काम भएको र सो सडकमा खनेको माटो बगेर रोपिसकेको धान पुरेको र केही बगाएर लगेको स्थानीयले बताएका छन ।
बर्षाले सडकको माटो बगाएर पुरै खेत पुरेको स्थानीय महेस तिमिल्सेनाले बताए । मार्तडी कोल्टी सडक निर्माण भइरहेको र सडकमा वालहरु नलगाउदा सो समस्या आएको बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
आईतबार रातीको अबिरल बर्षासंगै आएको बाढीले रजातोलीको पुरानो काठे पुल समेत बगाएर आवत जावतमा समस्या भएको वडा अध्यक्ष पाध्यायले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक टंक प्रसाद भट्टराईले राती आएको बाढीले एक दुई ठाउँमा काठे पुल बगाएको र नयाँ सडक निर्माण भईरहेकाले सडकको माटो बगेर धान रोपेको खेतमा क्षति भएको बताए ।