धनगढी पोष्ट
मङ्गलबार, १६ असार २०७७ मा प्रकाशित
धनगढी
एनआरएन लघुबित्त बित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुबित्त बित्तीय संस्था मर्जर गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ ।
राष्ट्र बैंकबाट स्वीकृति पाएकोले अब दुवै बित्तीय सँस्थालाई चाँडै मर्जर गरिने एनआरएन लघुबित्त बित्तीय सँस्थाका कार्यकारी निर्देशक इन्द्र कुमार शाहले बताए । किसान माइक्रोफाइनान्स २०६९ मा सँचालन भएको कैलालीको बलियामा केन्द्रिय कार्यालय रहेको लुघबित्त बित्तीय स्ांस्था हो भने दिव्य राष्ट्रिय स्तरको लघुबित्त बित्तीय सँस्था हो ।
एनआरएनले २०७६ भदौमा मात्र क्रियटिभ लघुबित्त बित्तीय बित्तीय सँस्था र रामारोशन लघुबित्त बित्तीय सँस्थालाई मर्जर गरेको थियो । एनआरएन नयाँ मर्जरको स्वीकृति प्राप्त भएसँगै छोटो समयमा सबै भन्दा बढी मर्जर गर्ने पहिलो संस्था बनेको छ ।
एनआरएन लघुवित्त वित्तीय संस्था ग्रामीण सेवा नेपाल नामक गैर सहकारी संस्थालाई लिएर २०७५ चैत्रमा स्थापना भएको थियो ।
अबको मर्जर पश्चात एनआरएनको अधिकृत पूँजी १ अरब, जारी पूँजी ५२ करोड ८८ लाख ४७ हजार र चुक्ता पूँजी ३९ करोड २८ लाख पुगेको छ ।
एनआरएनका कार्यकारी निर्देशक इन्द्र कुमार शाहका अनुसार मर्जरपछि एनआरएनको कारोबार नेपाल भर फैलिने र शाखा कार्यालयको संख्या १ शय ४२, कर्मचारी संख्या ५ शय, लगानी ४ अरब १० करोड, बचत ८७ करोड ६० लाख, सदस्य संख्या १ लाख ४४ हजार र ऋणी सदस्य संख्या ५० हजार ९ शय ९७ पुगेको छ ।
४३ जिल्लामा शाखा विस्तार गरिसकेकोमा आगामी १ बर्ष भित्र ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने र हकप्रद शेयर र एफपीओ जारी गरि चुक्ता शेयर पुँजी १ अरब पुरयाउने योजना रहको शाहले बताए ।