धनगढी पोष्ट शनिबार, १७ कार्तिक २०८१   November 2, 2024
प्रधानमन्त्री कप महिला क्रिकेट

सुदूरपश्चिमलाई पराजित गर्दै प्रदेश १ फाइनलमा

सुदूरपश्चिमलाई पराजित गर्दै प्रदेश १ फाइनलमा

धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले फाइनलका लागि स्थान सुरक्षित पारेको छ ।

शनिबार धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेट अन्तरले पराजित गर्दै प्रदेश नम्बर १ ले फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्रै बनाएको थियो । सुदूरपश्चिमका लागि सुरुवाति ब्याट्सम्यानले टिकेर खेल्न सकेका थिएनन् । ७ रन जोड्दा महत्वपुर्ण ३ विकेट गुमाएको अवस्थामा सुदूरपश्चिमका लागि मध्य क्रमकी ब्याट्सम्यान सम्झना खड्का र रितु कनौजियाले पारीलाई उकास्ने प्रयास गरेकिथिइन् ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले २७ तथा कप्तान रितु कनौजियाले २५ रन बनाएकिथिइन् । सुदूरपश्चिमका अन्य खेलाडीले खुलेर खेल्न नसक्दा सुदूरपश्चिम सस्तैमा समेटिन पुगेको हो । सुदूरपश्चिमलाई न्यून स्कोरमा रोक्नेक्रममा प्रदेश नम्बर १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया संगीता राई र ज्योती दनवारले समान एक÷एक  विकेट लिईन् ।

सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश नम्बर १ ले एक विकेट मात्रै गुमाएर भेट्टाएको हो । प्रदेश नम्बर १ ले १६ ओभर ५ बल खेल्दै लक्ष्य भेटाएको हो । प्रदेश नम्बर १ का लागि सुरुवाति ब्याट्सम्यानले राम्रो सुरुवात गर्दै टिमलाई बलियो स्थितीमा पु¥याएका थिए ।

पहिलो विकेटका लागि सुरुवाति ब्याट्सम्यान कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गरेकिथिइन् । कप्तान रुविना क्षेत्रिले अविजित पारी खेल्दै ३१ रन जोड्न् । तेश्रो नम्बरमा मैदान आएकी प्रदेश नम्बर १ की खेलाडी अप्सरी वेगमले ९ रन बनाइन् ।

सुदुरपश्चिमका लागि कविता जोशीले एक विकेट लगेकिथिइन् । खेलमा प्रदेश नम्बर १ की कप्तान रुविना क्षेत्रि प्लेयर अफ द म्याच भईन् ।