सुदूरपश्चिमका तीन जिल्लामा सलह, झुण्डको आकार सानो

सुदूरपश्चिमका तीन जिल्लामा सलह, झुण्डको आकार सानो

धनगढी,

 सोमबार सुदूरपश्चिमको कैलालीमा देखा परेको सलह प्रजातिको फट्याङ्ग्रा बुधबार सम्म तीन जिल्लामा देखिएको छ ।  तर सुदूरपश्चिम प्रबेस गरेको सलह विनासकारी भने नभएको प्रदेश कृषि बिकास निर्देशनालयले जनाएको छ ।

  सोमबार कैलालीको लम्की नगरपालिका, बर्दगोरिया गाउँपालिका, कैलालरी गाउँपालिका लगायतका क्षेत्रमा देखिएको सहल मंगलबार डडेल्धुरामा देखिएको थियो भने आज बैतडी नगरपालिका१० मा देखा परेकोे कृषि विकास निर्देशक यज्ञराज जोशीले बताए ।

   जोशीका  अनुसार सुदूरपपिश्चमका तीन वटै जिल्लामा देखा परेको सलह विनासारी भने छैन । ठुलो झुण्डमा सलह प्रवेस गरेको भए बालीमा विनास पु¥याउने खतरा हुन सक्दथ्यो निर्देशक जोशीले भने– ‘तर यहाँ त्यस्तो परिस्थिति छैन, झुण्डबाट छुटेर केही सलहको समुह सुदूरपश्चिम प्रदेश गरेको देखिन्छ ।

   सुदूरपश्चिम प्रदेशमा देखिएको सलहले बालीमा नोक्सानी पु¥याउन नसक्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रबक्ता खगेन्द्र शर्माले बताए । तर किसानले सचेत भने हुनु पर्नेमा उनले जोड दिएका छन् । सानो झुण्डमा रहेको सलहले ठुलो नोक्सानी नगरे पनि केही स्थानमा समस्या निम्त्याउन सक्दछ प्रबक्ता शर्माले भने– ‘त्यसका लागि किसान सचेत हुनु पर्दछ, प्राकृतिक तरिकाले सहल किरा भगाउन सकिन्छ ।

   खरानी खेतमा फाल्ने, आगो बालेर धुवाँ उडाउने, विभिन्न माध्यमबाट चर्को ध्वनी निकाल्ने, किरा भएको ठाउँमा वालुवा फाल्ने जस्ता प्राकृतिक उपायबाट पनि सलहलाई खेतमा जानबट रोक्न सकिने उनले बताए ।

  उनले ठुलो झुण्डमा सलह देखा परेमा भने प्रदेश स्तरमा बनेको सलह किरा व्यास्थापन समितिलाई सम्बन्धित स्थानमा पठाएर विषादी प्रयोग गर्ने व्यवस्था गरिएको बताए ।

   सुदूरपश्चिम प्रदेश सरकरले सलह किरा संकलन गर्ने जो कोहीलाई प्रति किलो २५ रुपैंया दिने निर्णय गरेको छ । यसैगरी सलह व्यवस्थापनका लागि कृषि दिर्नेशक यज्ञराज जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरेको छ ।