धनगढी पोष्ट
बिहिबार, १८ असार २०७७ मा प्रकाशित
धनगढी,
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधीमा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।
धनगढीमा स्थित कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टाको अवधीमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना, भजनी नगरपालिकाका दुई जना, कञ्चनपुरको लालझाडीका दुई, भीमदत्तका एक जना तथा अछामको साँफेवगरका ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए ।
सुदूरपश्चिममा २७ सय बढिमा कोरोना पुष्टि हँदा सात जनाको मृत्यु भएको छ भने चर सय ९५ जना संक्रमणबाट मुक्त भएर घर फर्केका छन् ।