धनगढी पोष्ट शनिबार, २० बैशाख २०८२   May 3, 2025

निजी विद्यालयका शिक्षकलाई तलव दिन माग गर्दै प्रदर्शन

निजी विद्यालयका शिक्षकलाई तलव दिन माग गर्दै प्रदर्शन

 

धनगढी,

   संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) ले चैत सम्मको पारिश्रमिक उपलब्ध गराउन माग गर्दै धनगढीमा पर्दशन गरेको

   संस्थागत तथा निजी विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकाहरुले अघिल्लो शैक्षिक शत्रको पुषदेखि नै तलव नपाएका कारण समस्यामा परेको भन्दै इस्टुले पुषदेखि चैतसम्मको तलव उपलध गराउनुपर्ने माग राख्दै आन्दोलन गरेको हो धनगढी स्थित पार्कमोडमा ब्यानर पम्पलेट सहित प्रदर्शनमा उत्रेका शिक्षक/शिक्षिकाले माग सुनुवनाई नभइ कडा अन्दोलन गर्ने चेतावनी दिएका छन्

   सञ्चालकले शिक्षकहरुका समस्या प्रति बेवास्ता गरिरहँदा सरकार समेत निरिह बनेको इस्टु कैलालीका अध्यक्ष शिबराज जोशीले बताए दिनरात मेहनत गरेर निजी तथा संस्थागत विद्यालयको विकासका लागि काम गर्दै आएका शिक्षक/शिक्षिकाले पुषदेखि नै पारिश्रमिक पाएका छैनन् अध्यक्ष जोशीले भने–‘पारिश्रमिक नपाउँदा नदिदा निजि बिद्यालयका शिक्षकहरुलाई दैनिक छाक टार्नै मुस्किल परेको

   संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) सुदूरपश्चिम प्रदेश अध्यक्ष तिर्थ अवस्थील निजी बिद्यालय सञ्चालकले पारिश्रमिकका बिषयमा गम्भिर नभए आन्दोलन सशक्त रुपमा चर्काउने बताए