धनगढी पोष्ट
शुक्रबार, १६ साउन २०८३ मा प्रकाशित
विद्यार्थीहरूमा नेतृत्व क्षमता, कूटनीतिक सीप, सार्वजनिक वक्तत्व, अनुसन्धान तथा विश्वव्यापी मुद्दाहरूप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नन्दिनाज मोडल युनाइटेड नेसन्स (नन्दीनाज मुन २०८३) शुक्रवार (आज ) धनगढीमा शुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम नन्दिनाज् एकेडेमी, रोट्र्याक्ट क्लब अफ धनगढी नेक्स्ट जेन र रोटरी क्लब अफ धनगढीको संयुक्त सहकार्यमा गरिएको हो । कार्यक्रममा १२ विद्यालयका ८० जना विद्यार्थी प्रतिनिधिहरू सहभागी छन् ।
नन्दिनाज एकेडेमीका कार्यकारी निर्देशक महेश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त राष्ट संघ जनसंख्या कोषका सुदुरपश्चिम प्रादेशिक प्रमुख राजकुमार ढुंगाना प्रमुख अतिथिका रूपमा रहेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न समितिहरूमा विभिन्न राष्ट्रका प्रतिनिधिका रूपमा सहभागी भई विश्वव्यापी मुद्दाहरूमा छलफल, बहस तथा कूटनीतिक वार्ता गर्नेछन् । यस कार्यक्रमले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ आफ्ना विचार प्रस्तुत गर्न, आलोचनात्मक सोचको विकास गर्न तथा विश्वव्यापी चुनौतीहरूको शान्तिपूर्ण समाधानका लागि सहकार्य गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

नन्दिनाज मुन – २०८३ ले युवा पुस्तामा नेतृत्व, कूटनीति, विश्वव्यापी चेतना र सहकार्यमा आधारित सिकाइको विकासमा महत्वपुर्ण योगदान पुरयाउने विश्वास गरिएको छ ।