धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
सहकारी बैंकको सदस्य सम्मान कार्यक्रम

सहकारीहरु  सक्षम बन्नु पर्छ  : कडेल

सहकारीहरु  सक्षम बन्नु पर्छ  : कडेल

धनगढी । राष्ट्रिय सहकारी महासँघका अध्यक्ष मीनराज कडेलले मुलुकले गम्भीर आर्थिक संकट झेलिरहेको अहिलेको बेलामा सहकारीहरुले गम्भीर भएर अघि बढ्नु पर्ने बताएका छन् सरकारले  देश बिकासका सहकारीको भुमिका स्वीकारेकोले त्यसलाई पुरा गर्न सहकारीहरु जिम्मेवार हुनुपर्ने अध्यक्ष कडेलले राष्ट्रिय  सहकारी सँघले आइतबार धनगढीमा आयोजना गरेको सदस्य सम्मान कार्यक्रममा बताएका हुन्

समाजवाद उन्मुख राष्ट निर्माणको लक्ष्य प्राप्तिका लागि  सहकारीको भुमिकालाई पनि सरकारले महत्व दिएको दिगो बिकास लक्ष्य प्राप्तिमा पनि सहकारीको  भुमिका आवश्यक ठानिएको   अध्यक्ष कडेलले भने सहकारीहरुले आफुलाई अब्बल देखाउन जरुरी

सहकारीको योगदान देशको जीडीपीमा प्रतिशत आर्थिक क्षेत्रमा सात प्रतिशत रहेको बताउदै कडेलले  चुस्त दुरुस्त बनेर सहकारीहरुले आफुलाई सक्षम साबित गर्नु पर्ने बताए

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष  के बी उप्रेतीले सहकारीहरुले  प्रविधि व्यवस्थापकीय रुपमा अझै सक्षमता बिकास गर्नु पर्ने बताए

सदस्य केन्द्रित हुनु पर्ने सहकारीहरु  दिगोपनाका बारेमा सोच्दै समुदायका माग सम्वोधन गर्न अग्रसर हुनु पर्ने बताए

  नवजीवन सहकारीका पुर्व उपाध्यक्ष डा गोबिन्दरा जोशीले  सहकारीहरुको अवस्था अहिले कमजोर बनिरहेको उल्लेख गर्दै गुण स्तरमा सुधार गरेर अघि बढ्न आवश्यक रहेको बताए

सुदुरपशिचम थोक उपभोक्ता बिशिष्टीकृत सहकारी संघका अध्यक्ष गणेश बहादुर चन्दले सहकारीहरुलाई काम गर्न सहज बनाउने काम राज्यले गर्नु पर्ने सहकारीहरुले सदस्यको हितकेन्द्रित कायमा लाग्नु पर्ने बताए

राष्ट्रिय  सहकारी बैंक केन्द्रिय लघुबित्त उपसमितिका सदस्य डम्मर बहादुर शाहले सहकारीहरु बिशिष्टीकृत हुदै सदस्य केन्द्रि कार्यक्रममा केन्द्रित हुनु पर्ने बताए

राष्टिय सहकारी बैंक धनगढी शाखाका प्रवन्धक कृष्ण रावलले सञ्चालन गरेको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासँघका सञ्चालक जिल्ला बचत तथा ऋण सहकारी संघ कन्चनपुरका अध्यक्ष भवानी चन्दजिल्ला बहुउदेश्यीय सहकारी  संघ कन्चनपुरका अध्यक्ष प्रेम सिंह भाट, राष्टिय सहकारी महासँघका सञ्चालक पद्मा गुरुङ, नेफस्कुनका केन्द्रिय सदस्य माधव   प्रसाद जोशीले मन्तय व्यक्त गरेका थिए