धनगढी पोष्ट मङ्गलबार, ०८ मङि्सर २०८३   November 24, 2026

कर्मचारी युनियन स्थापना दिवस मनाइयो

कर्मचारी युनियन स्थापना दिवस मनाइयो

धनगढी । नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा कैलालीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । स्थापना दिवस युनियनको  जिल्ला कार्य समिति कैलालीले जिल्लाका बिभिन्न ठाउँमा वृक्षारोपण, फलफूल वितरण तथा रक्तदान लगायतका कार्यक्रम गरेर मनाएको युनियनका सचिव निर्मल देउवाले बताए ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ र १ को त्रिबेणी आर्यघाटमा वृक्षारोपण गरिएको अध्यक्ष खेमराज जोशीले जानकारी दिए । वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले बृक्षारोपण गरि कार्यक्रमको समुदघाटन गरेका थिए । सो कार्यक्रममा जिल्ला अध्यक्ष खेमराज, सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्म देउवा, केन्द्रिय सदस्य त्रैलोक्य जोशी, पुर्व केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद शर्मा, पुष्पा भट्ट, आधिकारिक ट्रेड युनियन अध्यक्ष बिमल प्रकास जोशी तथा जिल्ला कार्य समिति र युनियनमा आवद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।
यस्तै, लम्की चुहा प्राथमिक समितिले बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरमा लम्की चुहा नगर प्रमुख सुशिला शाहीको सहभागितामा एक सय २० जनालाई फलफुल वितरण गरिएको छ ।
यस्तै, गोदावरी नगर प्राथमिक समितिको आयोजनामा अत्तरियामा रक्तदान कार्यक्रम गरिएको छ । सो कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमको एक समारोहकाबीच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले समुदघाटन गरेको संघका सचिव निर्मल देउवाले बताए ।
 


ट्रेन्डिङ