मिल्सवेरी एकेडेमी (मन्टेश्वरी) विस २०७० सालमा स्थापना भई हाल कक्षा ६ सम्मको अध्ययन अनुमति पाई सञ्चालन भइरहेको छ ।
विद्यालयले बालमैत्री कक्षाहरु शान्त एवं पारिवारिक वातावरणमा सञ्चालन गरिरहेको छ । विद्यालयको मुख्य उद्देश्य भनेको नानी बाबुहरुको पढाईलाई केन्द्रित गरी जग बसाईदिने हो । यसका अलावा विद्यालयमा मन्टेश्वरी पद्धतिबाट गराइने शैक्षिक क्रियाकलापबाट नानी बाबुहरुको सर्वाङ्गीण विकासका लागि टेवा पु¥याउदछ । विद्यालयमा हुने Theme Based Learning विधिबाट बालबालिकाले पढेका कुराहरुको Real Practice गराउनुका साथै अवलोकन पनि गराइन्छ ।
यस समयमा नानीबाबुहरुलाई कक्षामा पढेका कुराहरु प्राकृतिक र भौतिक रुपमा चिनाउनका लागि आउटिङको पनि व्यवस्था रहेको छ ।
विद्यालयका विशेषताहरु :
विद्यालयले गरिब जेहन्दार बालबालिकाका लागि छात्रवृतिको व्यवस्था गर्नुको साथै सामाजिक उत्तरदायित्व बहन गर्ने शिलशिलामा रक्तदान कार्यक्रम, कपडा बैंकलाई कपडा हस्तान्तरण, मानवसेवा आश्रममा भोजनका लागि सहयोग आदि जस्ता कार्य गरेको छ ।