धनगढी । धनगढी स्थित ग्यालेक्ीस माविको २९औं बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रम गरी मनाइएको छ ।
ग्यालेक्सी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनाथ जैशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रीय परिक्षाबार्डका सुदूरपश्चिम प्रदेश प्रमुख उत्तम देव विष्ट प्रमुख अतिथी रहेका थिए । यसैगरी पुर्व सांसद तथा एमाले नेता महेश्वर पाठक, ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस धर्मदेव भट्ट, नाष्ट कलेजका क्याम्पस प्रमुख शिवहरी शर्मा मुडभरी, प्याब्सन केन्द्रिय उपाध्यक्ष जगविर थापा तथा प्याब्सन कैलाली अध्यक्ष टोपेन्द्र शाह लगायत व्यक्तित्व बिशिष्ट अतिथी रहेका थिए ।
बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयकी संस्थापक तथा पुर्व प्रिन्सिपल इन्दिरा श्रेष्ठ जैशीलाई विशेष सम्मान गरिएको छ ।
त्यसैगरी कार्यसम्पादन राम्रो गर्ने ग्यालेक्सी मावि प्लस २ का शिक्षक नरेशराज ओझा, मावि संयोजक लोकबहादुर देउवा र कर्मचारी शिवराज भट्टलाई पनि बार्षिकोत्सव कार्यक्रमका अवसरमा सम्मान गरिएको छ ।
बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयले आयोजना गरेका विभिन्न खेलमा प्रथम, दितीय तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै बार्षिकोत्सव कार्यक्रम समापन गरिएको हो । समापन कार्यक्रममा विद्यार्थीले नृत्य तथा कला प्रदर्शनी गरेका थिए ।