धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024
आइसीसी विश्वकप लिग–२

नेपालद्वारा नामिबिया पराजीत

नेपालद्वारा नामिबिया पराजीत

धनगढी आइसीसी विश्वकप लिग अन्तरगत मंगलबार देखि काठमाण्डौंमा सुरु भएको नेपाल नामिबिया विचको त्रिकोणत्मक एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तरगत पहिलो खेलमा नेपाल विजयी भएको

ओपनर कुशल भुर्तेलको शतक, कप्तान रोहितकुमार पौडेलको बलियो साथ अनि करण केसीको विकेटको मद्दतमा नेपालले सिरिजको पहिलो खेल जीत्दै एक शुन्यको अग्रता लगेको हो

आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक श्रृङ्खलाको पहिलो खेलमा नामिबियाले मंगलबार घरेलु टोली नेपाल सामु सय ८६ रनको लक्ष्य दिएको थियो भुर्तेलको सय १५ रनको मदतमा नेपालले ४७ ओभर बलमा विकेट गुमाउँदै जीत निकालेको हो

नेपालले ओडीआईमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो नेपालले यसअघि २०१९ मा युएईविरुद्ध सय ५५ रनको लक्ष्य पूरा गर्दै जित निकालेको थियो भने जुनमा अमेरिकाविरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा स्कोर टाई गरेको थियो । गत वर्ष त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाउँदा पराजित भएको थियो

नेपालका ओपनर आसिफ शेख दोस्रो ओभरमै खाता नखोली आउट भएका थिए, तर अर्को ओपनर कुशलले अन्तिमसम्म टिकेर नेपालको जितको आधार तयार पारे

नेपाललाई जितका लागि रन मात्र आवश्यक हुँदा भुर्तेल आउट भए ११५ रन बनाउने क्रममा उनले ११३ बल खेल्दै १० चौका छक्का प्रहार गरे

उनले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरेका थिए नेपालको स्कोर ५३ रन हुँदा ज्ञानेन्द्र व्यक्तिगत २५ रनमा आउट भए त्यसपछि भुर्तेल कप्तान रोहितकुमार पौडलले मिलेर नेपालको इनिङ्स अघि बढाए यो जोडीले तेस्रो विकेटका लागि कीर्तिमानी १३३ रनको साझेदारी गरे

ओडीआईमा नेपाली खेलाडीको यो अहिलेसम्मकै ठूलो साझेदारी हो यसअघि दीपेन्द्र देव खनालले गत वर्ष कीर्तिपुरमै पपुवा न्यु गिनी विरुद्ध १२९ रनको साझेदारी गरेका थिए

तर नेपालको स्कोर १८६ हुँदा कप्तान रोहित ३४औं ओभरमा आउट भए त्यसपछि नेपालले लगातार थप दुई विकेट गुमायो रोहितले ७६ बल खेल्दै चौका छक्का मद्दतमा ७२ रन बनाए उनले नामिबियाविरुद्ध ५५ रन जोडेपछि नेपालका लागि ओडीआईमा एक हजार रन पूरा गरेका थिए

त्यसपछि कुशल मल्ल दीपेन्द्र सिंह ऐरि रनमा आउट हुँदा नेपालको स्कोर २१२ थियो रुबेन ट्रम्पलमेनले रोहित, कुशल मल्ल दीपेन्द्रलाई लगातार आउट गरेपछि नामिबियाले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो