धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

विद्यालय स्तरमै प्रतियोगिता हुनु पर्छ : सिंह

विद्यालय स्तरमै प्रतियोगिता हुनु पर्छ : सिंह

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले खेल क्षेत्रको विकासका लागि विद्यलय स्तरमा बढी भन्दा बढी प्रतियोगिता हुनु अपरिहार्य रहेको बताएका छन्

आइतबार धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न चौथो प्याब्सन धनगढी क्रिकेट कप २०७९ को समापन तथा पुरस्कार समारोमा बोल्दै सदस्य सचिव सिंहले खेलको जग बलियो नभई राष्ट्रिय टीम सवल हुन नसक्ने बताए

बालबालिकाको शिक्षाको जग बलियो बनाउन पूर्व प्राथमिक कक्षा सञ्चालन गरेर पठकपाठन हुने गर्दछ, सदस्य सचिव सिंहले भने, ‘खेलको जग बलियो बनाउनका लागि पनि त्यसरी नै विद्यालय स्तरमै खेलकुदका कार्यक्रम सञ्चालन हुनु जरुरी , तल्लो तहमा खेल सञ्चालन नभई राष्ट्रिय खेल राम्रो हुन सक्दैन

प्रदेश खेलकुद परिषदले विद्यालय स्तरमा सञ्चालन हुने खेलकुदका गतिबिधिलाई सकेको सहयोग गर्ने संरक्षण पनि गर्ने उनले बताए प्रदेश खेलकुद परिषद खेल क्षेत्रको विकास खेलाडीको मनोबल उच्च बनाउन स्थापना भएको हो, सदस्य सचिव सिंहले भने, ‘हामीले त्यसै अनुसार काम गरिरहेका छौं

कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष जगबिर थापा, प्याब्सनका सुदुरपश्चिम प्रदेश अध्यक्ष ललित राज पन्त प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए

प्याब्सन धनगढी नगर कमिटि अध्यक्ष नरेन्द्र बहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन नगर कमिटी सचिव लोकराज पन्तले सञ्चालन गरेका थिए भने सह सचिव शारदा रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्

विभिन्न व्यक्ति सम्मानित

छैटो धनगढी नगर स्तरिय प्याब्सन फेस्टिभल समापन समारोहका अवसरमा विभिन्न व्यक्तिलाई सम्मानित गरिएको

सम्मानित हुनेमा प्याब्सन सुदूरपश्चिम प्रदेशका परिष्ट सल्लाहकार तथा नबदुर्गा बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल अम्बिका आचार्य, ज्ञान निकेतन बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल डम्मर विष्ट लिटल फ्लावर स्कुलका संस्थापक प्रिन्सिपल सिपि रावत रहेका छन् त्यसैगरी नगर स्तरिय प्याब्सन फेष्टिभलमा सहभागिता जनाएका नगरका ३२ स्कुलका प्रिन्सिपल तथा शिक्षकलाई पनि समापन कार्यक्रमका अवसरमा सम्मान गरिएको थियो