धनगढी पोष्ट 
                                शुक्रबार, २६ असार २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी, 
 सुदूरपश्चिको कञ्चनपुर र अछामका एक÷एक जना गरी शुक्रबार दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
 नगढी स्थित सेती प्रादेशिक अस्पतालमा पछल्लो २४ घण्टामा २ सय ४१ जनाको स्वाव परिक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टी भएको हो । सेती अस्पताल धनगढीले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टाको अवधीमा बान्नीगढी अछामका १ र वेलडाँडी गाउँपालिका कञ्चनपुरका १ जनामा संक्रमण पुष्टी भएको जनाएको छ । 
 यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ९ सय ८ गुगेको छ ।