धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

लकडाउनमा चोरी गर्ने २० जना कञ्चनपुर प्रहरी नियन्त्रणमा

कञ्चनपुर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लकडाउनको समयमा साइकल चोरी गर्ने गिरोहसहित २० जनालाई प्रक्राउ गरेको छ ।

धनगढी

    कञ्चनपुर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लकडाउनको समयमा साइकल चोरी गर्ने गिरोहसहित २० जनालाई प्रक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी २० जना चोरसहित चोरीको सामग्री सार्वजानिक गरेको हो। जसमध्ये ४ जनालाइ पुर्पक्षमा जेल चलान गरिएको छ ।

        

 लकडाउनको समयमा जिल्लामा चोरीका घटनाहरु बढ्न थालेको प्रहरीमा जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चोर समात्न प्रहरीको विशेष टोली खटाएको थियो चोर समातिएको घटनालाई ठूलो उपलब्धि मान्दै आगामी दिनमा शान्ति सुरक्षामा थप कडाइ गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासैनीले बताए।