धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

आर सी यादब प्याब्सनको प्राज्ञिक परिषद सदस्यमा मनोनित

आर सी यादब प्याब्सनको प्राज्ञिक परिषद सदस्यमा मनोनित

धनगढी । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आर सी यादबलाई प्राज्ञिक परिषद सदस्य पदमा मनोनयन गरेको छ ।

प्याब्सनको केन्द्रिय कार्यसमितिको बैठकले यादबलाई प्राज्ञिक परिषद सदस्यमा नियुक्त गरेको हो ।

“शैक्षिक उन्नयन, सदस्य बिद्यालयको प्राज्ञिक बिकासमा बिशेष योगदान पुरयाउने  उदेश्यले शिक्षाको क्षेत्रमा आफनो बेग्लै पहिचान बनाइसक्नु भएकोले तपाई ससम्मान मनोनयन हुनु भएकोमा हार्दिक बधाई छ ।”प्याब्सनका अध्यक्ष डि के ढुंगानाद्धारा दिइएको मनोनयन पत्रमा भनिएको छ ।