धनगढी पोष्ट
बुधबार, ३१ असार २०७७ मा प्रकाशित
काठमाडौं
निजी विद्यालयहरुले हाल संचालन गरेका अनलाईन कक्षा साउन १ गतेबाट बन्द गर्ने घोषणा गरेका छन् ।
आफूहरुले उठाएको माग सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गरि शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् ।
अब भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति पछि मात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् । साथै शिक्षक र कर्मचारीको तलब लगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।