धनगढी पोष्ट
बुधबार, २६ बैशाख २०८१ मा प्रकाशित
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ भएर बग्ने बडीगाड खोलामा पक्की पुल निर्माण भएको छ । खप्तडछान्ना गाउँपालिकाको पाँच लाख रुपैयाँको लागतमा पहिलो काठको पुल भएको ठाउँमा अहिले पक्की पुल निर्माण भएको हो ।
पक्की पुल निर्माण भएसँगै खप्तडछान्ना–७ को पाटागाउँ, दलित बस्ती, डाँडाबाडा, किमरुख, काटियाका स्थानीयवासीलाई सहज भएको छ ।
पक्की पुल बनेपछि बालबालिकालाई विद्यालय पठाउन पनि सजिलो भएको स्थानीय बासी रोकायाले बताए । यसअघि घाँसदाउराका लागि मुख्य वन क्षेत्र जान पनि काठेपुलकै भर पर्नु पर्थ्यो ।