धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

फाप्लाको डिपीआर ‘ड्राफ्ट’ तयार

फाप्लाको डिपीआर ‘ड्राफ्ट’ तयार

धनगढी । कैलालीको धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको  विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को मस्यौदा बुझाएको छ ।

ग्रिड मार्सश्रेष्ठ जेभिले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको विस्तृत परियोजना प्रतिवेदन को मस्यौदा अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पुर्वाधार निर्माण विकास समितिलाई बुझाएको हो । 

ग्रिड मार्स श्रेष्ठ जेभिका टिम प्रमुख दिलीप गसीले पहिलो प्याकेजमा तीन वटा निर्माण कार्यको डिपीआर ड्राफ्ट तयार गरेर फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पुर्वाधार निर्माण विकास समितिलाई बुझाइएको बताए ।

उनले स्टीडियम, स्वीमीङपुल र यातिटिक्सटे«याक (रङिङ गर्ने) को डिपीआर ड्राफट तयार भएको बताए । हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको र ४० प्रतिशत काम अझै बाँकी रहेको उनले बताए । 

ग्रिड मार्सश्रेष्ठ जेभीले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको क्षेत्र निर्धारण प्रतिवेदन समेत फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिलाई बुझाएको छ । 

ग्रीड मार्स श्रेष्ठ जेभिका टिम प्रमुख गसीले तीन वटा संरचनका बनेका डिपीआर ड्राफ्ट बुझाइएको र ती संरचना निर्माणका लागि लाग्ने बजेट फाइनल रिपोर्टमा आउने बताए ।

५० हजार क्षमताको स्टीडियम निर्माण हुने उनले बताए । डिपीआरको फाइनल रिपोर्टमा समितिले भ्याकुमसिस्टमको डिजाई गर्ने भनेर सुझाव दिएको उनले बताए । 

डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कनका निर्माण कार्यका लागि ५९ लाख ८३ हजारमा समितिले ग्रिड मार्स श्रेष्ठ जेभिलाई ठेक्का दिएको हो ।

हालसम्म १२ लाख रुपैया कम्पनिलाई भुक्तानी भईसकेको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिले जनाएको छ । 

कम्पनीलाई दिइएको समय सिमाभित्रै आफहरुलाई डिपीआर ड्राफ्ट बुझाएको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पुर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले जानकारी दिए । उनले डिपीआरमा केही सचाउनुपर्ने भएकाले सचाएर फाइनल रिपोर्ट भदौमा आउने बताए । 

फाप्ला क्षेत्रको साढे ३८ विघा क्षेत्रफलमा खेलग्रामभित्र क्रिकेट रङ्गशालासहित अन्य संरचना बन्ने जनाइएको छ । सरकारले २०७८ बैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो ।

विकास समिति आदेशमा रंगशाला तथा खेलमैदान निर्माणमा मुख्य कार्यकारी भूमिका रहने समिति नौ सदस्यीय हुने व्यवस्था गरिएको थियो । 

धनगढीमा क्रिकेट खेल लोकप्रिय बनेपछि अस्थायी मैदानको रूपमा विक्रम संवत् २०७१ सालमा फाप्ला क्रिकेट मैदानको पहिचान गरिएको थियो । त्यसपछि यही मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउनका लागि २०७२ सालबाट ड्रिम फाप्ला अभियान सञ्चालन गरिएको थियो ।

यो अभियानलाई नेपाल सरकारले महत्व दिएर पहिलो पटक पूर्वाधार निर्माण विकास समिति गठन गरेर त्यसमार्फत काम अगाडि बढाउने निर्णय गरेपछि अभियानले सार्थकता पाएको छ । 

समितिले बैशाख १० गते ग्रिड मार्स श्रेष्ठ जेभि सँग चार महिनाका लागि डिपीआरको ठेक्का सम्झौता गरेको थियो । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि लामो समयसम्म जग्गा प्राप्ति नभएकाले गर्दा पनि निर्माण कार्यमा ढिलाई भएको थियो ।

चालु आर्थिक वर्ष २०८०÷०८१ मा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको डिपीआरमात्रै निर्माणका लागि सरकारले एक करोड बजेट समितिलाई दिएको थियो ।