धनगढी पोष्ट
बिहिबार, ३१ साउन २०८१ मा प्रकाशित
धनगढी । धनगढी उप महानगरपालिका वडा नम्बर–७ का दिपेश चौधरी मिष्टर नेपालको फाइनल चरणको प्रतिष्पर्धामा छनौट हुन सफल हुनु भएको छ ।
२३ बर्षिय चौधरी मिष्टर नेपालको फाइनलमा प्रवेस गर्ने सुदूरपश्चिम प्रदेशका एक्ला प्रतिष्पर्धि हुन् । देशभरबाट मिष्टर नेपालको फाइनलमा ३८ जना छनौंट हुनु भएको छ ।
मिष्टर नेपाल विजेताका लागि अव भोटिङ हुने छ । पेशाले फिटनेस प्रशिक्षक रहनु भएका चौधरी कैलाली बहुमुखी क्याम्पसमा अध्यान गर्दै आउनु भएको छ ।
यसअघि सन २०१८मा धनगढी- वडा नम्बर -१२ का जीवन रेग्मी सुदूरपश्चिमबाट पहिलाे पटक मिस्टर नेपालकाे फाईनल प्रतिष्पर्धामा पुग्न सफल भएका थिय । रेग्मीले मिष्टर नेपालकाे पब्लिक च्वाईस अवार्ड जितेका थिए ।