धनगढीमा दोस्रो सन्ध्याकालीन सांस्कृतिक मिनी मेला हुने

धनगढीमा दोस्रो सन्ध्याकालीन सांस्कृतिक मिनी मेला हुने

धनगढी । धनगढीमा दोस्रो सन्ध्याकालीन सांस्कृतिक मिनी मेला २०८२ हुने भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा यही असार ५ गतेदेखि २१ गतेसम्म मिनी मेला हुने भएको हो । 

द टुविन्स अ कम्पिलिट इन्स्टिच्युट अफ डान्स धनगढीले आयोजनामा हुन लागेको मेला बारे धनगढीमा शुक्रवार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ । 

स्थानीय कलाकारहरूलाई मञ्च दिने उद्देश्यले सुरु गरिएको सांस्कृतिक मिनी मेला धनगढी १ पशुपति टोलको महोत्सव लाग्ने प्राङ्गणमै हुने बताएका छन्।

मेलामा राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकारहरूको प्रस्तुति रहेको द टुविन्स अ कम्पिलिट इन्स्टिच्युट अफ डान्स धनगढीका अध्यक्ष केशव बलायरले बताए । 

उनले राष्ट्रिय कलाकार आएको दिन मात्रै टिकट लाग्ने र बाँकी दिन निःशुल्क रहेको समेत जानकारी दिए। विद्यार्थीको लागि ५० रुपैयाँ र अन्य सर्वसाधारणका लागि एक सय रुपैँया टिकट तोकिएको छ। मेला दिँउसो २ बजेदेखि राति १० बजेसम्म हुने आयोजकले जनाएको छ । 

मिनी मेलामा विभिन्न स्थानीय नृत्य केन्द्रहरू, विद्यालय नृत्य प्रतियोगिता बाल उद्यान र खेल सामग्री विभिन्न स्टलहरू समेत रहने मिनी मेलाका संयोजक गुणाकर पनेरुले जानकारी दिए।

मिनी मेलामा राष्ट्रिय गायक बद्री पंगेनी, रामजी खाँण, ज्योति मगर, दुर्गेश थापा, प्रकाश सपुत, चक्र बम,  एलिना चौहान, लालबहादुर धामी, राजकुमार कुस्मीलगायतका स्थानीय कलाकारहरू समेतको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । 
No description available.