धनगढी पोष्ट
बुधबार, २८ फागुन २०८१ मा प्रकाशित
धनगढी । धनगढीमा प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने भएको छ । चौतारी कला समाजको आयोजना प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुन लागेको हो ।
धनगढीमा चैत ४ गते प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुन लागेको आयोजक चौतारी समाजले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
मौलिक भजनहरू लोप हुँदै गइरहेका बेला यस प्रतियोगिताले मौलिक भजन प्रतियोगिताले संस्कृति संरक्षण गर्न सहयोग पुग्ने समाजको अध्यक्ष हेमन्ता भट्टराईले बताइन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाम मन्दिरमा भजन प्रतियोगिता हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुने टिमले १० हजार र शान्त्वना हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष भट्टराईले बताइन् ।
यस्तै सहभागि सबैलाई प्रमाणपत्र समेत दिईन उनको भनाई छ । प्रतियोगितामा सहभागि हुनलाई पाँच देखि १० जनाको टिम हुनुपर्ने उनल बताईन्
।
‘लोक भजन मौलिक हुनुपर्ने छ’, उनले भनिन, भजन पाँच देखि १० मिनेटको हुनुपर्ने छ ।’ प्रतिगेगितामा सहभागि हुन इच्छुक टिमले चैत १ गते भित्र दर्ता हुनुपर्ने छ ।
प्रतियोगितामा टिम दर्ता गर्नका लागि पाँच सय रुपैयाँ शुल्क तोकेको छ ।प्रतियोगिता अवलोकनमा समेत सहभागीताका लागी अध्यक्ष भट्टराईले सबैमा अनुरोध गरेकी छन् ।
यस खालको प्रतियोगिता सुदूरपश्चिममा दोस्रो पटक हुन लागेको हो । गत साल पनि यस्तै खालको प्रतियोगिता धनगढीमा सम्पन्न भएको आयोजकले जनाएको छ ।