धनगढी पोष्ट
शनिबार, ०८ भदौ २०८१ मा प्रकाशित
धनगढी । धनगढीमा धनगढी डान्स च्याम्पियनशिप सिजन–३ मेगा राउण्ड २०८१ सुरु भएको छ । द टुइन्स धनगढीको आयोजनामा शनिबार धनगढीमा धनगढी डान्स च्याम्पियनशिप सिजन–३ मेगा राउण्डको दोस्रो राउण्ड सुरु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथी रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले दिप प्रज्जवल गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी उपकुलपति जोशीले भाषा, कला, साहित्य र संस्कृतिको विकासका लागि आफुहरु सक्रिय भएर लागि रहेको बताए ।
गाउँ घर, कुना कन्द्रामा लुकेर बसेका प्रतिभाहरु लाई बाहिर ल्याउनका लागि प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रहरुमा सक्रियता बढाइरहेको उनले बताए ।
सुदूरपश्चिम कला र सगितको भण्डार पनि भएकाले कलाहरुको खोजिका लागि गाउँ–गाउँमा, घरघरमा र प्रदेशका सबै जिल्लाहरुमा प्रतिभाहरुको खोजिकार्य अभियान लाई अगाडि बढाइएको उनको भनाई रहेको छ ।
कार्यक्रमको सभापति समेत रहेका द टुइन्स धनगढीका सञ्चालक केशव बलायरले मेगा राउण्डमा ९ वटै जिल्लाबाट २०० जना छनोट भएर आएको बताए ।
उनले मेगा राउण्डमा एक सय ६० जना प्रतियोगिहरु सहभागि भएकोमा ८० जना प्रतियोगिहरुलाई छनोट गर्न बताए । मेगा राउण्डपछि तीन दिन सम्म कार्यशाला सञ्चालन गर्न उनले बताए ।