भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुग्यो

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुग्यो

धनगढी

    नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमणका कारण एक बिरामीको मृत्यु भएको छ । उनको आज (मंगलबार) बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

  भरतपुर अस्पताल अन्तगर्तको कोभिड १९ विशेष अस्पतालका प्रमुख डा. प्रमोद पौडेलका अनुसार मृत्यु भएका ब्यक्ति नारायणी सामुदायिक अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा रहेका थिए ।

    शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकोमा सोमबार नतिजा आएको थियो । भरतपुर महानगरपालिका११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताए ।

   परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उनले जानकारी दिए ।