धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सुदूरपश्चिम प्रदेशले जित्यो नरेश श्रेष्ठ मेमोरियल यु १९ क्रिकेटको उपाधि

सुदूरपश्चिम प्रदेशले जित्यो नरेश श्रेष्ठ मेमोरियल यु १९ क्रिकेटको उपाधि

काठमाण्डौं  । नरेश श्रेष्ठ मेमोरियल यु–१९ ओडिआई क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३.१ ओभरमा ११९ रनमा अलआउट गरेको थियो । लुम्बिनीका कप्तान आकाश त्रिपाठीले २२, शिव कुँवरले २०, विजय कोहरले १९, समिर अली मुसलमानले १८, सन्तोष यादवले १२ रन बनाए ।

सुदूरपश्चिमका कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन राउदले दुई  दुई र अशोक धामीले एक विकेट लिए । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका अभिशेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४, दीपक रोकायले ११, अशोक धामीले ८, हेमन्त धामीले ६ रन बनाएका थिए ।

लुम्बिनीका सन्तोष यादवले ५, रमेश कुर्मीले ३ र शिव कुँवरले एक विकेट लिए । अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई पराजित गरेर उपाधि हात पारेको थियो ।