धनगढी पोष्ट शुक्रबार, २६ पुष २०८१   January 10, 2025

स्याउलेमा प्रदेश स्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने

स्याउलेमा प्रदेश स्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेमा सुदूरपश्चिम प्रदेश स्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।

स्याउलेमा रहेको शारदा विद्या निकेतनले यही माघ १२ गतेदेखी सुदूरपश्चिम प्रदेश स्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिता ९शारदा फुटबल लिग० आयोजना गर्न लागेको हो ।

आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको छ । माघ १६ गतेसम्म आयोजना हुने प्रतियोगिताको प्रथम पुरस्कार राशी नगद रुपैयाँ ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको विद्यालयका प्रबन्ध निर्देशक रामचन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको द्धितिय पुरस्कार नगद रुप्ैयाँ २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीलाई नगद रुपैयाँ २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसका साथै प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदयीमान खेलाडीलाई समान नगद रुपैयाँ १ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने शाहीले बताए । प्रतियोगितामा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई भने नगद रुप्ैयाँ ५०० रुपैया प्राप्त गरिने उनले बताए ।

प्रतियोगितामा प्रदेशका करिब १२ वटा टीमको सहभागिता रहने आयोजकले अपेक्षा लिएको छ । फुटबलमा विद्यालयस्तरदेखी नै खेलाडीहरु उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको शाहीले बताए ।

उनले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई मात्रै प्रतियोगितामा खेलाडीका रुपमा सहभागि गराउन पाईने बताए । उनका अनुसार प्रतियोगितामा कैलाली र कञ्चनपुरबाट टीमहरु सहभागि हुनेछन् ।

उनले गोदावरी नगरपालिका वडा नम्बर ८ मा फुटबलको विकासमा पनि प्रतियोगिताले टेवा पु¥याउने विश्वास लिएको बताए । प्रतियोगिता सञ्चालनका लागि करिब साढे पाँच लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

जसका लागि प्रायोजकहरु खोज्ने काम भैरहेको आयोजकले जनाएको छ । स्थानियस्तरमा प्रदेशस्तरिय प्रतियोगिता सञ्चालन भइरहेका कारण स्थानिय सरकारसँग पनि सहयोगका लागि अनुरोध गरिएको शाहीले बताए । उनले प्रतियोगीतालाई सफल पार्नका लागि सहयोग गर्न सम्पुर्णमा आग्रह समेत गरे ।