धनगढी पोष्ट
सोमबार, १५ पुष २०८१ मा प्रकाशित
धनगढी । धनगढीमा सुदूरपश्चिमकै सबैभन्दा लामो रियालीटी सो धनगढी डान्स च्याम्पियनसीप सिजन–३ सम्पन्न भएको छ । २०८१ साउन पहिलो साताबाट सुरु भएको च्याम्पियनसीप सिजन–३ पुस १२ सम्पन्न भएको हो ।
द टुविन्स अ कम्पीलीट इन्टिचिउट अफ डान्स धनगढीको आयोजनामा भएको धनगढी डान्स च्याम्पियनसीप सिजन–३ का बारेमा भएका गतिविधीहरु बारे धनगढीमा सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । सिजन–३ मा धनगढी, अत्तरिया, महेन्द्रनगर, पुनर्वास, लम्की, डडेल्धुरा गरी आठ वटा अडिशन भएको थियो ।
अडिशनमा दुई सय ५० सहभागी मध्ये ११ औँ राउण्ड पारगरेर फाइल राउण्डमा आठ जना फाइनललिस्ट रहेको सिजन–३ का संयोजक गुणाकर पनेरुले बताए । फाइनललिस्ट आठ जना मध्य तीन जना फाइनललिस्ट विजय भएको उनले बताए ।
उनले फाइनललिस्ट तीन जना मध्य प्रथम रितीका घटाला अत्तरिया, दोस्रो मनु भट्ट महेन्द्रनगर र तेस्रो सुम्निमा खड्का राजघाट कञ्चनपुर÷एलेक्स भुल अत्तरियाबाट भएको बताए ।
उनका अनुसार प्रथम भएकी घटालालाई एक लाख ५५ हजार नगदसहित ट्रफि, प्रमाण–पत्र, मेडल र गिफटह्याम्पर, दोस्रो भएकी भट्टलाई ७५ हजार नगदसहित ट्रफि, प्रमाण–पत्र, मेडल र गिफटह्याम्पर रहेको थियो भने तेस्रो भएकी खड्का र भुललाई ४० हजार नगदसहित ट्रफि, प्रमाण–पत्र, मेडल र गिफटह्याम्पर रहेको थियो ।
आयोजकले प्रतियोगितामा विजयीहरुलाई छात्रवृति समेत प्रदान गरेको थियो । आयोजकले समाजमा योग्दान पूराएका तीन जना व्यक्तीहरु मिरा आचार्य, मेघा भट्ट र विनोद बोहरालाई सम्मान गरेको थियो ।
टप १२ राउण्डबाट फाइनल अवधिका चरणसम्म ५० प्रतिशत भोटिङ्ग र ५० प्रतिशत निर्णयकको आधारमा मूल्याङ्कन भएको आयोजकले जनाएको छ ।
द टुविन्स अ कम्पीलीट इन्टिचिउट अफ डान्सले धनगढीका सञ्चालक केशव बलायरले सिजन–३ गरिरहँदा विद्यार्थी र अभिभावकको निकै ठूलो साथ सहयोग पाएको प्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा अझै सुदृढ गर्दै लैजाने उदेश्य रहेको बताए ।
द टुविन्स अ कम्पीलीट इन्टिचिउट अफ डान्सले धनगढीले कला, सांस्कृति र मेलालगायतका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।