धनगढी पोष्ट बिहिबार, २५ पुष २०८१   January 9, 2025

वेष्टर्न क्रिष्टल एकेडेमीको खेलकुद साता शुरु

बिद्यार्थीहरुको प्रतिभाको बिकासका लागि त्रिष्टल एकेडेमीले हरेक बर्ष खेलकुद  साता मनाउने गरेको छ ।

वेष्टर्न क्रिष्टल एकेडेमीको खेलकुद साता शुरु

धनगढी । वेष्टर्न क्रिष्टल एकेडेमी धनगढीले आफ्नो १५ औं वार्षिक खेलकुद साता २०८१ बुधबार धनगढीमा शुरु गरेको छ । धनगढी उपमहाननगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर ऐरले  प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

बिद्यार्थीहरुको प्रतिभाको बिकासका लागि त्रिष्टल एकेडेमीले हरेक बर्ष खेलकुद  साता मनाउने गरेको छ । 

बिद्यार्थीको सर्वाङ्गीण बिकास लागि खेलकुद साता आयोजना गरिएको बिद्यालयकी प्रिन्सिपल निर्मला खड्का कुवरले बताइन् । ‘कक्षा कोठाको पढाईले मात्र बिद्यार्थीको सर्वाङ्गीण बिकास  हुदैन ।’ कुवरले भनिन्    ‘कक्षाको पढाईसँगै बाहिरका क्रियाकलापमा पनि बिद्यार्थीलाई सहभागी गराउन खेलकुद साताको आयोजना गरेका छौं ।’

प्रिन्सिपल कुवरका अनुसार खेलकुद सातालाई बिद्यालयले  महोत्सवकै रुपमा लिएको छ । ‘यसलाई हामीले बिद्यालयको महोत्सवकै रुपमा लिएर हरेक बर्ष  आयोजना गर्दै आएका छौ ।’  कुवर भन्छिन्  ‘यसमा एक दुइ दिन मात्र संचालन गर्दा सबै बिद्यार्थीहरु  सहभागी हुन पाउदैनन् । त्यसैले एक सातासम्म सँचालन गर्छौ ।’

खेकुदले समुह भावनाको बिकास पनि गर्ने भएकोले र कक्षामा सक्रिय नहुने बिद्यार्थी पनि खेलकुदमा रमाउने भएको खेलकुद आवश्यक रहेको प्रिन्सिपल कुवरको बुझाई छ ।  कुवरका अनुसार खेलदकु सातामा हरेक बिद्यार्थीले कुनै न कुनै खेलमा अवश्यक भाग लिने व्यवस्था मिलाइएको छ ।

खेलकुद सातामा भलिबल, फुटबल, क्रिकेट, दौड, डिजिटल चेयर   शारिरीक र मानसिक क्षमता अनुसारका खेलकुद सातमा खेलाइने छन् ।

साताको पहिलो दिन  सबै कक्षाका बिद्यार्थीहरुले ड्रिल प्रस्तुत गरेका थिए ।

सो अवसरमा वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर ऐरले खलकुदले बिद्यार्थीहरुको प्रतिभा बिकास गर्न भुमिका निर्वाह गर्ने बताए ।  अहिले  बिद्यालय उमेरका  बिद्यार्थीहरु लागु औषधको कुलतमा फसिरहेको बताउँदै  वडा अध्यक्ष ऐरले बिद्यालयले बिद्यालय बाहिर पनि  खेकुद जस्ता क्रियाकलापमा व्यस्त गरेर लागुऔषधको कुलतबाट बचाउन सक्ने बताए ।

कार्यक्रम वेष्टर्न क्रिष्टल एकेडेमीका  सँचालनक ललित पन्तको अध्यक्षतामा भएको थियो ।