धनगढी पोष्ट आइतबार, ०४ फागुन २०८१   February 16, 2025

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको  सुदुरपश्चि प्रदेश अध्यक्षमा ओझा

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको  सुदुरपश्चि प्रदेश अध्यक्षमा ओझा

धनगढी  । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (पेटसान) को सुदुरपश्चिम प्रदेश  भेला ऐश्वर्य बिद्याय निकेतन माविका प्रिन्सिपल प्रेमनिधि ओझाको अध्यक्षतामा  नया कार्यसमिति चयन गर्दै शुक्रवार सम्पन्न भएको छ ।

भेलाबाट निर्विरोध  चयन भएको कार्यसमितिको उपाध्यक्ष प्रभात बिद्या निकेतन कन्चनपुरका डा. शंकर दत्त भट्टसचिव राष्ट्रिय बाल बिद्यालय कन्चनपुरका  महादेव भट्ट र कोषाध्यक्ष जेसिस बोर्डिङ स्कुलका करुणाकर पाण्डेय रहेका छन् ।

कार्यसमितिको सदस्यमा सन्त निरंकारी आदर्श बिद्या मन्दिर टीकापुरका टेक बहादुर चन्द, खडक मेमोरियल सेकेण्डरी स्कुल टीकापुरका हिरण्य शर्मा र बीरेन्द्र बिद्या मन्दिर टीकापुरका फणेन्द्र राज रेग्मी चयन भएका छन् ।

पेटसानका राष्ट्रिय अध्यक्ष जे एस पौडेलको अधयक्षतामा भएको उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश नीति तया योजना आयोगका उपाध्यक्ष जीवन राना प्रमुख अतिथि, पेटसाननका निवर्तमान अध्यक्ष रुपक राजबंशी, ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट बिशिष्ट अतिथि रहेका थिए ।