ऐश्वर्य विद्या निकेतन माविको ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

ऐश्वर्य विद्या निकेतन माविको ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको ऐश्वर्य विद्या निकेतन माध्यमिक विद्यालयको ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयले शुक्रबार एक समारोहका बिच आफनो ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । 

वार्षिकोत्सव तथा अभिभावक दिवसका प्रमुख अतिथी रहेका सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले धनगढीको मात्रै नभई सुदूरपश्चिममै गुणस्तरिय शिक्षा दिन सफल विद्यालय ऐश्वर्य विद्या निकेतन रहेको बताए ।

No description available.

धनगढीमा थुप्रै निजि विद्यालयहरु खुलेको भएपनि ऐश्वर्य विद्यालयले आफनो छुटै पहिचान लगायत गुणस्तरियलाई कायम नै गरेको उनले बताए । 

विगतका दिनमा पनि प्रदेश सरकारले विद्यालयलाई सहयोग गर्दैं आइरहेकाले अब पनि प्रदेश सरकारको सहयोग रहने उनले बताए । उनले मन्त्रीका हैसियतले विद्यालयलाई के सहयोग गर्नुपर्छ सहयोग गर्ने आफू तयार रहेको बताए । 

गत आर्थिक बर्ष  २०८१।२०८१ मा २० करोड १७ लाख २० हजार २ शय ४७ आय र १४ करोड ५३ लाख २३ हजार १ शय ९३  खर्च  भएको थियो ।   हाल ५ करोड ६३ लाख ९७ हजार १ शय ५४ रुपैया बैक मैज्दात छ  ।

No description available.

विद्यालयले आदर्श अभिभावक लगायत पूर्व विद्यार्थी लगायत विद्यालयमा योग्दान पुगाएका समाजसेवी, बुद्धिजिवी लगायत विभिन्न व्यक्तीहरु लाई सम्मान समेत गरेको थियो ।

No description available.

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नृपबहादुर वडको सभापतित्वमा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको थियो । 

No description available.