धनगढी पोष्ट शनिबार, १९ माघ २०८१   February 1, 2025

डिस्कोभरिमा  बिद्यार्थी साहित्य महोत्सव २०८१ सम्पन्न

धनगढी ७ कान्तिपुरटोलमा रहेको डिस्कोभरिले बिद्यार्थीमा पढ्न् बानीको बिकास गर्न कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

डिस्कोभरिमा  बिद्यार्थी साहित्य महोत्सव २०८१ सम्पन्न

धनगढी । डिस्कोभरी माध्यमिक बिद्यालयले बिद्यार्थी साहित्य महोत्सव २०८१ को आयोजना गरेको छ ।  धनगढी ७ कान्तिपुरटोलमा रहेको डिस्कोभरिले बिद्यार्थीमा पढ्न् बानीको बिकास गर्न कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

बिद्यार्थीहरुमा पढ्ने बानीको कमी हुदै गएको छ ।  मोबाइल हेर्ने बानी बढिरहेको छ ।’ डिस्कोभरिका प्रिन्सिल योगेन्द्र सिंहले भने ‘त्यसैले उनीहरुमा किताब पढ्ने बानीको लत लाग्छ कि ? लेख रचनााप्रति अभिरुचि राखेर लेखक, कवि बन्ने सीप बढ्छ कि भनेर आयोजना गरेका हौं ।’

कार्यक्रममा वरिष्ठ  मदन पुरस्कार बिजेता रामलाल जोशी  र वरिष्ठ देउडा गायक यज्ञराज उपाध्यायले पुस्तक अध्ययन, लेखन र देउडा गायनका बारेमा बिद्यार्थीहरुलाई जानकारी दिएका थिए ।

सो अवसरमा जोशीको मदन पुरस्कार बिजेता पुस्तक ऐना र उपाध्यायको   काली कर्णालीको लोक साहित्य तथा संस्कृति पुस्तब बिद्यार्थीहरुलाई  प्रदान गरिएको थियो ।  प्रविधिको बिकासले बालबालिकामा पठन संस्कृतिको कमी भएको, बालबालिकाहरु इन्टरनेटको कुलतमा फस्दै गएको भन्दै मदन पुरस्कार बिजेता जोशीले भने ‘बालबालिकाहरुमा रहेको सिर्जनशील क्षमता अभिबृद्धि गर्न पढ्न आवश्यक रहेकोले पठन संस्कृति अभियानको शुरुआत गरेका हौं ।’

अभियानले बालबालिकाहरुलाई मोबाइल कम हेर्ने, दुव्र्यसन कम गर्ने अपेक्षा रहेो भन्दै जोशीले यसो हुदा बालबालिकाहरु भोलिका राम्रा प्रतिभाको रुपमा अघि आउने बताए ।

 वरिष्ठ देउडा गायक उपाध्यायले सुदुरपश्चिम कला संस्कृतिमा समुन्नत रहेको बताउँदै यहा  पठन संस्कृतिको बिकास गरेर सिर्जनशीलता बढाउन, यहाको कला संस्कृतिको बिकास गर्न जरुरी रहेको बताए । 

पठन  संस्कृति अभियान जोशी र उपाध्यायले शुरु गरेको अभियान हो । बिगत दुई महिनादेखि सँचालन भैरहेको यो अभियान हालसम्म १२ बिद्यालयमा भैसकेको छ ।

उक्त कार्यक्रममा बिद्यार्थीहरुले आप्mना लेख रचना वाचन गरेका छन् । डिस्कोभरिको खेलकुद सप्ताहको अन्तिम दिन भएकोले  बिद्यार्थीहरुले  नृत्यगायन र बक्तृत्व कलामा प्रतिभा प्रस्तुत गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य सन्तोष शर्मा थापाले यस्ता कार्यक्रमले बिद्यार्थीको क्षमता बढाउन, सीप बढाउन सघाउ पुरयाउने बताइन् ।

 बिद्यालयका संस्थापक अध्यक्ष बिर्ख बहादुर सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रम बिद्यार्थीहरु अनुपराज गिरी, प्राप्ति बस्नेत, रिदिक उपाध्याय र आयुषा खड्काले गरेका थिए ।