धनगढी पोष्ट शनिबार, २७ बैशाख २०८२   May 10, 2025

काठमाण्डौ जाने वेष्टर्न क्रिष्टल एकेडेमीको क्रिकेट टीमको बिदाइ

काठमाण्डौ जाने वेष्टर्न क्रिष्टल एकेडेमीको क्रिकेट टीमको बिदाइ

धनगढी । काठमाडौंमा संचालन हुन  गइरहेको प्रदेश स्तरीय माध्यमिक बिद्यालय क्रिकेट प्रतियोगितामा सहभागी हुने वेष्टर्न क्रिष्टल एकेडेमीको टीमको सोमबार बिदाइ कार्यक्रम भएको छ । 

धनगढी उपमहानगरपालिका वडा न ३ का अध्यक्ष राज बहादुर ऐरले क्रिकेट टोलीको बिदाइ गरेका हुन् ।

यहि माघ २३ देखि २६ गते  सम्म काठमाडौंमा प्रदेश स्तरीय माध्यमिक बिद्यालय क्रिकेट प्रतियोगिता  संचालन भैरहेको छ ।

काठमाण्डौमा हुन लागेको प्रतियोगितामा वेष्टर्न क्रिष्टकलको १७ सदस्यीय  टोली  सहभागी हुदैछ ।

धनगढीमा भएको  सुदुरपश्चिम अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा प्रथम भएर वेष्टर्न क्रिष्टल एकेडेमी  काठमाण्डौमा हुन लागेको प्रतियोगिताको लागि छनौट भएको हो ।