धनगढी पोष्ट
बुधबार, २८ फागुन २०८१ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको सुदूरपश्चिम प्रदेशले ४५.३ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो।
सुदूरपश्चिम प्रदेशका लागि निश्चल क्षेत्रीले सर्वाधिक ४९ रनको अविजित पारी खेले। उनले १२१ बलमा २ चौका प्रहार गरेका हुन्।
ओपनरद्वय सस्तैमा पेभेलियन फर्किँदा तेस्रो क्रमका निश्चलले क्रिज सम्हालेका थिए। विकेटकिपर ब्याटर सुनिल चन्दले १६ रन, कप्तान नारायण जोशीले १६ रन बनाए। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
त्रिभुवन आर्मीका लागि साहब आलमले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए। अकाश चन्द, नरेन साउद, वसिर अहम र कुशल मल्लले समान १–१ विकेट लिए।
त्रिभुवन आर्मी क्लबले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध १३४ रनको फराकिलो जित निकालेको थियो। सुदूरको भने यो तेस्रो खेल हो।
पहिलो खेलमा कर्णाली प्रदेशसँग ७९ रनले हार बेहोरेको सुदूरले दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो।