घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मुल्य

नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आइतबार बिहान १ बजेखि  लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो ।

शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ५  तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

घटेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।