धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

जाजरकोट केन्द्रबिन्दु भएर  तीन मीनेटमा भुकम्पका दुई धक्का,  सुदुरपश्चिम पनि हल्लियो

पश्चिम नेपालमा तीन मिनेटभित्रै भूकम्पको दुईवटा धक्का महसुस गरिएको छ। जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार राति भूकम्प गएको हो ।

शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गएको लगत्तै ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पका कारण मानिस घरबाहिर बाटो र खुला चौरमा निस्किएका छन्। भूकम्पको धक्का छिमेकी जिल्ला सल्यान‚ दाङ र बाँकेसम्म महसुस गरिएको थियो। 


ट्रेन्डिङ