धनगढी पोष्ट शुक्रबार, ३० जेठ २०८२   June 13, 2025
आइसिसी विश्वकप लिग–२

बलिङ चल्दा नेदल्याण्डमाथि नेपालको जित

बलिङ चल्दा नेदल्याण्डमाथि नेपालको जित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत तीन देशबीचो सिरिजमा नेपालले नेदल्याण्डलाई १६ रनले पराजित गरेको छ । नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको सिरिजमा यो नेपालको चार खेलमा तेश्रो जित हो ।

नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमा अलआउट भयो । नेपाललाई १० रन पेनाल्टी दिएपछि ब्याटिङ नै सुरु नगरी १० रन जोडेको नेदरल्यान्ड्सका लागि वेस्ली वारेसीले सबैभन्दा बढी ३६ रन जोडे ।

नेदरल्यान्ड्सले ब्याटिङ नै सुरु नगरी १० रन पाएको थियो । मध्यओभरमा बसिर अहमद निषेध गरिएको पीच क्षेत्रमा दौडिएको भन्दै नेपाललाई १० रन पेनाल्टी दिइएको हो ।

नेपालको जितमा डेब्यू खेलाडी नन्दन यादवले ३ विकेट लिन सफल भए । तीव्र गतिका बलर नन्दनले ९ ओभरमा १ मेडन राख्दा ३० रन मात्र खर्चिए ।

यस्तै स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिएका थिए भने  ललित राजवंशीले १० ओभरमा १ मेडन राख्दा २९ रन मात्र खर्चिएर २ विकेट लिन सफल भए । यस्तै कुशल भुर्तेल र करण केसीले १÷१ विकेट लिएका थिए ।

नेदरल्यान्ड्सको डन्डीमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २३६ रन जोडेको थियो । नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे । आरिफले ८५ बलमा ७ चौका र २ छक्काको मद्दतमा ८४ रन जोडे ।

ओपनरद्वय कुशल भुर्तेल १८ रन र अनिल साह २ रनमा आउट भए ।

बलिङमा नेदरल्यान्ड्स लागि पल भानले ४ विकेट लिन सफल भए । माइकल लेभिटले ३  विकेट हात पार्दा आर्यन दत्तले १ विकेट लिए । यस अघिको खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो ।