धनगढी पोष्ट शनिबार, ०३ माघ २०८२   January 17, 2026

एसईईको नतिजा असारको तेस्रो साता

एसईईको नतिजा असारको तेस्रो साता

भक्तपुर । विसं. २०८१ चैत ७ गतेबाट सुरु भएको एसईई परीक्षाको नतिजा यही असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म तीव्र गतिमा काम भइरहेको जनाएको छ । 

 परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले भने, ‘‘एसईईको नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म काम भइरहेको छ, असारको तेस्रो सातासम्ममा नतिजाको अपेक्षा गर्न सकिन्छ, यसै दिन भनेर भन्न सक्ने अवस्था अहिले छैन ।’

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी भएका थिए ।