धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

५ बर्षदेखि फरार बलात्कार मुद्धामा सजाय तोकिएका १ जना पक्राउ

५ बर्षदेखि फरार बलात्कार मुद्धामा सजाय तोकिएका १ जना पक्राउ

धनगढी

 पाँच बर्षदेखि फरार रहेका बलात्कारको मुद्धामा सजाय तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा कैलालीको गौरिगंगा नगरपालिका३ का २१ बर्षे अर्जुन चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरीलाई जिल्ला अदालत र्कैलालीले २०७३ जेठमा गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीमा तीन बर्षीय बालिकालाई बलात्कार गरेको मुद्धामा नौ बर्ष ३ महिना कैद र २५ हजार जरिवानाको सजाय तोकेको थियो ।

 २०७२ साउन १३ गते गौरिगंगा ३ कुचैनीकी ३ बर्षिया बालिकालाई राती ११ बजे घरबाट उठाएर लगि बलात्कार गरेको आरोपमा प्रहरीले चौधरीमाथि म्द्धा चलाएको थियो । चौधरी २०७४ भदौमा अदालतबाट तारेखमा छुटेका थिए । पाँच बर्षदेखि फरार चौधरी शनिबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत बहादुर थापाले बताए । पक्राउ परेका चौधरीलाई अदालतमा बुझाइएको उनले बताए ।