धनगढी पोष्ट आइतबार, २९ भदौ २०८२   September 14, 2025

फरार कैदीलाई आत्मसमर्पण गर्न कैलाली प्रहरीको अपिल

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले कैलाली कारागारबाट फरार भएका कैदी तथा थुनुवाहरूलाई तत्काल आत्मसमर्पण गर्न सार्वजनिक अपिल गरेको छ । भाद्र २४ गते कारागार परिसरबाट फरार भएका बन्दीहरूलाई कारागार प्रशासनले भाद्र २६ गते नै सूचना जारी गरिसकेको उल्लेख गर्दै प्रहरीले  पुनः अपिल जारी गरेको हो ।

प्रहरीले फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने र भविष्यमा पाउन सकिने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनः स्थापना प्रक्रियामा प्रतिकूल असर पर्न सक्ने भएकाले तुरुन्तै सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरी नायव उपरीक्षक एवम् कार्यालयका प्रवक्ता राजकुमार सिंहले सम्पर्कमा आउने बन्दीहरूको हकहितको रक्षा गर्दै पुनः स्थापना प्रक्रियामा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।