धनगढी पोष्ट मङ्गलबार, २८ असोज २०८२   October 14, 2025

वेस्ट इन्डिजसँग पहिलो पटक आज खेल्दै नेपाल

नेपालले कुनै पनि टेस्ट राष्ट्र विरुद्ध द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो पटक हो ।

वेस्ट इन्डिजसँग पहिलो पटक आज खेल्दै नेपाल

नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेल शनिबार खेलिँदैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा नेपाली समय अनुसार, राति २० : १५ बजे शुरू हुनेछ ।

नेपालले कुनै पनि टेस्ट राष्ट्र विरुद्ध द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोली पछिल्लो समय महत्वपूर्ण प्रतियोगिताको तयारीमा छ । त्यसैले आफु भन्दा निकै बलियो टोली वेस्ट इन्डिज विरुद्धको यो शृंखला नेपालका लागि निकै महत्वपूर्ण सावित हुनेछ ।

तेस्रोपटक टी–२० पुरुष विश्वकप खेल्ने अभियानमा रहेकाले पनि नेपाली टोलीका लागि यो शृंखला अझ विशेष छ । दुईपटक टी–२० विश्वकप र दुई पटक एक दिवसीय विश्वकपको जितिसकेको वेस्ट इन्डिजसँगको यो शृंखलाले नेपालको विश्वकप छनोट अभियानमा थप सहयोग पुरयाउने छ ।

नेपाली टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता केही समयपछि नै खेल्दैछ ।