धनगढी पोष्ट सोमबार, २७ असोज २०८२   October 13, 2025
आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको

जापानलाई हराएर समुह बिजेता बन्दै नेपाल ‘सुपर–६’ चरणमा प्रवेश

जापान उपविजेता बन्दै प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गरेको छ ।

जापानलाई हराएर समुह बिजेता बन्दै नेपाल ‘सुपर–६’ चरणमा प्रवेश

समूह ‘बी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा शुक्रबार नेपालले जापानलाई पाँच विकेटले हराएर समुह बिजेता बन्दै ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुगेको छ । 

समूह विजेता बनेपछि नेपाल समूह चरणबाट दुई अंक लिएर ‘सुपर–६’ चरणमा पुगेको हो । जापान उपविजेता बन्दै प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा नेपालले १८ ओभरमा पाँच विकेट गुमाएरलक्ष्य पुरा गरेको हो । नेपालको जीतमा ओपनर कुशल भुर्तेलले २१ बलमा तीन चौका  सहित २१ रनको योगदान गरे ।

अर्का ओपनर आसिफ शेखले  २१ बलमा चार छक्का र एक चौका प्रहार गरेर   ३८ रनको योगदान गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेलले १९ बलमा एक चौकाको मद्दतले १८ रन बनाउँदै आउट भए । चौथो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले पाँच रनमा सीमित भए ।

कुशल मल्ल पनि चार रन भन्दा अगाडि बढ्न सकेनन् । त्यसपछि गुलसन झा र दीपेन्द्रसिंह ऐरीले टोलीलाई जीतसम्म र्डोयाएका थिए । गुलसनले २० बलमा दुई छक्का र एक चौका सहित अविजित २८ रन बनाए ।

दीपेन्द्रले अविजित १४ रन बनाए । नेपालले अतिरिक्त रुपमा चार रन पायो ।

त्यसअघि, ११ रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको जापानका लागि ओपनर केन्दल कादोवाकी फ्लेमिङ र तेस्रो नम्बरका ब्याट्सम्यान एसम रहमानले ८६ रनको साझेदारी गरेका थिए ।

यही उत्कृष्ट साझेदारीले जापानको स्कोरलाई सम्मानजनक स्थितिमा र्पुयाएको थियो । कप्तानसमेत रहेका फ्लेमिङले टोलीका लागि ६) रनको योगदान गरे । उनले केवल ४६ बलमा तीन छक्का र पाँच चौका पनि प्रहार गरे ।

रहमानले पनि टोलीको खातामा ३१ रन थपे । उनले केवल २५ बलमा दुई छक्का र एक चौका प्रहार गरे । यी दुई ब्याट्सम्यानको साझेदारी तोडिएपछि जापानले एकपछि अर्को गर्दै विकेट गुमाएको थियो ।

जापानी टोलीका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।