धनगढी पोष्ट मङ्गलबार, ०४ कार्तिक २०८२   October 21, 2025

बिपीन जोशीको शव  कन्चनपुरमा घरमा आफन्तलाई बुझाइयो

इजरायलबाट काठमाण्डौं आइपुगेको लगत्तै बिमानबाट धनगढी बिमानस्थल हुदै बिपीनको शव नेपाली सेनाको टोलीले  कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा लगेर  परिवारलाई बुझाएको हो ।

बिपीन जोशीको शव  कन्चनपुरमा घरमा आफन्तलाई बुझाइयो

विपीन जोशीको शव  आइतबार कन्चनपुरमा उनको परिवारलाई बुझाइएको छ । इजरायलबाट काठमाण्डौं आइपुगेको लगत्तै बिमानबाट धनगढी बिमानस्थल हुदै बिपीनको शव नेपाली सेनाको टोलीले  कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा लगेर  परिवारलाई बुझाएको हो ।

कञ्चनपुरस्थित महाकाली घाटमा उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ । धनगढी बिमानस्थलबाट महाप्रस्थानयानमा राखेर शव विपिनको घरमा लगिएको हो ।

शवसँगै नेपालका लागिइजरायलका राजदुत पनि सँगै आएका छन् ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेका थिए ।

   इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।