धनगढी पोष्ट
बुधबार, ०५ कार्तिक २०८२ मा प्रकाशित
काठमाडौं । चितवन राइनोजले इंग्ल्यान्डका ब्याटर डाविड मलानलाई टिममा भित्याएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम चितवन राइनोजले सामाजिक सञ्जाल मार्फत डाविड मलानलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
३८ वर्षीय बाँया हाते ब्याटर मलानले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ६२ खेल खेलेका छन् । जसमा उनले १ शतक र १६ अर्धशतक सहित १८९२ रन बनाएका छन् ।
इंग्ल्यान्डले सन् २०२२ मा टी–२० विश्वकपको उपाधि जित्दा मलान पनि टोलीमा थिए । यस्तै मलानले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेका छन् ।
यसैबीच चितवन राइनोजले रवि बोपारा र सोहेल तनभिरलाई निरन्तरता दिएको छ । पहिलो सिजनमा चितवन राइनोजबाट खेलेका बोपारा र तनभिरले दोस्रो सिजनमा पनि सोही टिमबाट खेल्ने भएका छन् ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म हुँदै छ ।